जलविद्युत् आयोजनाको निर्माण तीव्र, प्रसारण लाइन अझै अवरोध
निर्माणाधीन जलविद्युत् आयोजनाहरूको प्रगति उत्साहजनक भए पनि प्रसारण लाइनको ढिलाइले उत्पादित बिजुली खेर जाने जोखिम रहेको छ।
शृष्टि गुरागाईं
वरिष्ठ संवाददाता
- प्रकाशित मिति
- मिनेट पढाइ
- १ मिनेट पढाइ
- पटक पढिएको
- १.६ हजार
अन्तिम अद्यावधिक:

देशभरका निर्माणाधीन जलविद्युत् आयोजनाहरूको भौतिक प्रगति उत्साहजनक रहेको भए पनि प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले चिन्ता बढाएको छ।
प्राधिकरणका अनुसार केही आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरे पनि नजिकैको सबस्टेशनसम्म बिजुली पुर्याउने पूर्वाधार तयार भइसकेको छैन।
जग्गा अधिग्रहणको समस्या
प्रसारण लाइन निर्माणमा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी विवाद प्रमुख अवरोध बनेको छ। केही स्थानमा स्थानीयवासीले टावर निर्माण रोकेका छन्।
निर्यातको सम्भावना
बर्खामा उत्पादन बढ्ने र आन्तरिक माग कम हुने अवस्थामा छिमेकी बजारमा निर्यात नै विकल्प हुने विज्ञहरूको भनाइ छ। तर त्यसका लागि पनि सीमापार प्रसारण पूर्वाधार आवश्यक पर्छ।


